प्रदेश नं. ३ बाग्मतीसुरक्षा/अपराध
Trending

नागढुंगाबाट कस्तुरीको विनासहित एकजना पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित प्रहरीले काठमाडौंको नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । नुवाकोट किसपाङ गाउँपालिका–८ का ५१ वर्षीय सार्की घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलामा १९ ग्राम तौलको विना फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घलेलाई आवश्यक अनुसन्धानका लागि श्री डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button