प्रदेश नं २सुरक्षा/अपराध
Trending

प्रेमीसँग मिलेर भारतमा पतिको हत्या, नेपालमा अनुसन्धान

ऋण खोजेर सुपारी, फोन डायरीले पोल खुल्यो

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । भारतीय नागरिकसँग मिलेर पतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महरा मोचीको हत्यामा उनकै पत्नीको संलग्नता रहेको भन्दै सिरहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ वर्षिया हरिहरदेवी महरा रहेकी छिन् ।
महरा गत भदौ १८ मा भारत विहारको जयनगर बजार नजिकैको बरही गाउँमा शव फेला परेको थियो ।

ADVERTISEMENT

हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको घाटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । हरिहरदेवीले आफू बिरामी भएको बताएपछि पतीपत्नी गत भदौ १७ मा भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएको प्रहरी अनुसंधानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए ।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको थियो । मुकेशले अन्य दुई जना भारतीय नागरिकको सहयोगमा दुखहरणलाई बरही गाउँको नहरमा लगी घाटी रेटेर हत्या गरेको प्रहरी अनुसंधानका क्रममा खुलेको छ ।
दुखहरणको हत्या गराउन भारतीय नागरिक मुकेशलाई ६० हजार रुपैयाँ दिएको अनुसंधानका क्रममा खुलेको प्रवक्ता डीएसपी बुढाथोकीले बताए । गाउँकै एक लघुवित्तबाट ऋण लिएको रकम हत्यामा रकम हरिहरदेवीले खर्चिएकी छिन् ।
दुखहरण र हरिहरदेवीका ४ छोराछोरी रहेका छन । वैदेशिक रोजगारका क्रममा कतारबाट फर्केर दुखहरण निपनिया गाउँमै फर्निचर र किराना पसल संचालन गरिरहेका थिए । लामो समय विदेशमा बसेपनि दुःखले कमाएको रकम बचत नभएको भन्दै पतीपत्नीवीचमा विवाद भईरह्न्थ्यो । पतीको संधैको केरकारले गर्दा आजित भएपछि उनी हत्या गराउने योजना बुनेको प्रहरी अनुसंधानबाट खुलेको छ ।

भारतीय प्रहरीको सहयोगमा हत्यामा संलग्न भारतीय नागरिक मुकेशलाई पक्राउ गरिएको छ । अहिले भारतको जयनगर बजारमा रहेको थानामा राखिएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए । यता पतिको हत्या आरोपमा हरिहरदेवीलाई सिरहा प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालत सिरहाबाट ५ दिन म्याद लिई थप अनुसंधान गरिरहेको प्रवक्ता बुढाथोकीले बताए ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button