प्रदेश नं २सुरक्षा/अपराध

मानव बेचबिखनको आरोपमा सिरहाबाट दुई महिला पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । मानव वेचबिखनको आरोपमा सिरहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा गाउँपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको छ ।
१९ र १६ बर्षकी दुई युवतीलाई भारततर्फ बेच्न लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT

ती युवतीलाई लहान आश्रममा मासिक ५० हजार रुपैयाँको दरले काममा लगाइदिने भनी बोलाएको र लहान बोलाइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै त्यसतर्फ लगिरहेका थिए ।

तर, सिरहा माडर छिर्ने चोहर्बा चोकमा ओरालेर माडरतर्फ लग्न खोज्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button