सिरहा । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व वनराज्य मन्त्रीका स्वकीय सचिव (पिए) आठ वर्षपछि पक्राउ परेको छ ।
भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट सजाय सुनाईएको ८ वर्षपछि पूर्व वनराज्य मन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव (पिए) सिरहाको नवराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्र प्रसाद यादव पक्राउ परेको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको छ । पक्राउ गरी फैसला कार्यान्वयनको क्रममा यादवलाई विहीवार जिल्ला अदालत सिरहामा बुझाएको छ । जिल्ला अदालत सिरहाले यादवलाई जिल्ला कारागार सिरहा चलान गरेको छ ।

सर्वोच्च अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेपछि यादव फरार भएका थिए । सर्वोच्च अदालतले १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयन गर्न अदालतको निर्देशन अनुसार खोजविन गर्ने क्रमम पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताएका छन् ।
पूर्व वनराज्य मन्त्री महतोका स्वकीय सचिव यादव ५० हजार घुस लिँदालिँदै २०६८ फागुन १७ मा रंगेहात पक्राउ परेका थिए । काठमाडौंको बिजुलीबजार स्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी लालमणि आचार्य नेतृत्व टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!