सुरक्षा/अपराध

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा एक पक्राउ

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।

ADVERTISEMENT

‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन भनेका थियौं’ उनले भने, ‘त्यही आधारमा काठमाडौं ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरेका छौं ।’

घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाइ छ ।

May be an image of text that says "कौन: ૧૮५૧૨૮६૭૭૦ ०३-४२१९०१९૮ प्रहरी परधानकरार्यालय साईबर ब्यूरो भोटाहिटी, काठमाण्डी २०७८-०४-१०गते। प्रेस विज्ञप्ती सम्माननीय राष्ट्र्पति तथा प्रधानमन्त्री ज्युको फोटो दरुपयोग गरी Tiktok बनाउने व्यक्ती पक्राड सामाजिक संजाल फेसबुक मार्फत सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्री ज्यूको फोटो edit गरी ट्रोल Video बनाई सामाजिक संजाल TikTok गारी सम्माननीय ज्यूहरुको चरित्र हत्या गनें जिल्ला झापा मेचीनगर नगरपालिका बडा: बस्ने सोम प्रसाद धिमिरेलाई विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सम्मानित काठमाण्डी जिल्ला अदालतबाट पक्राड अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी सम्मानित जिल्ला अदालतको आदेशले २०७८/०૪/०૮ गते सात दिन म्याद थप गरी अनुसन्धान भैरहेको| प्रवक्ता एवं सूचना अधिकारी (नविन्द अर्याल) प्रहरी वरिष्ठ उपरीक्षक"

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!