जनकपुरधाम । अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीका एक व्यक्तिलाई प्रहरीले म्याग्दीबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-९ बस्ने विश्वराज पोखरेल छन् । उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए ।

दरखास्त परेपछि सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका पोखरेल पटक-पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!