राष्ट्रिय वाणिज्य बैंकको सिरहा शाखाका कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकामस्थित शाखाका प्रबन्धकसहित ६ कर्मचारीमा संक्रमण देखिएसँगै सेवा ठप्प गरिएको छ ।

शाखाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ । सो शाखाको सेवा बन्द भएपछि बैंकले सेवाग्राहीलाई जिल्लाको अर्को शाखा वा मोबाइल बैंकिङ, एटिएम कार्ड प्रयोग गरी बैंकिङ सेवा लिन शाखा प्रबन्धक शिव शंकर यादवले आग्रह गरेका छन् ।

अहिले आफूहरूलाई सामान्य ज्वरो, रुघाखोकी देखिएको भन्दै यादवले नोट कोष यही शाखामा रहेकाले एक कर्मचारीलाई ड्युटीमा राखिएको जानकारी दिएका छन् । नगद जग्गा र नगद भुक्तानीबाहेक मोबाइल बैंकिङ, एटिएममा आइपर्ने समस्या र चेक क्लियरेन्सजस्ता काम भने सञ्चालन हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!