
सिरहा । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र सिरहाको अगुवाईमा सातौं राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । ‘सर्वाङिन विकासका लागि योग’ नारासँगै सातौं राष्ट्रिय योग दिवस मनाईएको हो ।
सिरहा पुस्तकालय सिरहाको सभाहलमा आयोजना गरिएको दिवसमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । बदलिदो परिवेशमा योग अत्यन्त महत्पूर्ण रहेको भन्दै परापूर्व कालदेखिको चल्दै आएको योगको लाभ लिनुपर्ने दिवसका अवसरमा वक्ताहरुले बताएका छन् ।
केन्द्रले आयोजना गरेको दिवसको कार्यक्रममा पतंजली नगर योग समिति, पतंजली महिला योग समिति लगायतको सहकार्य रहेको थियो । उक्त अवसरमा योग प्रशिक्षक रामदेव ठाकुरले योगको महत्व सम्बन्धमा चर्चा गरेका थिए ।