सिरहा । स्वाधीन किसान अधिकार मञ्च सिरहाले १३ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषण गरेको छ । राज्यद्धारा किसानको हकहित र अधिकार विरोधी रबैयालाई कायम राखिए र यथासमयमै किसानका सम्पूर्ण समस्या समाधान नगरिए कृषिलाई नै एक मात्र जीवनधारा मान्ने मधेशका किसान अब चुप लागेर बसन्न नसक्ने कुरा समेतको जानकारीको लागि जिल्ला प्रशासन कार्यालय र कृषि ज्ञान केन्द्रमा, सिरहामा ज्ञापन पत्र बुझाएको छ ।

कृषि प्रधान भनिएको, र त्यसमा पनि अन्नको भण्डारको नाम दिइएको मधेश र यसको भु-उत्पादनको मालिका रहेको किसानको भूमि र त्यसको उत्पादन अवस्था दयनीय रहेको कुरा जग जाहेर भइसकोको छ । मानव र उसँग सम्बन्धित जीवजन्तु समेतको भौतिक जीवनलाई चलायमान राख्न अहोरात्र भुमि र कृषि उत्पादनसँग सरोकार राख्ने किसान एकातिर आर्थिक दयनीयताको शिकार हुन गएको छ भने अर्कोतिर कृषि सुरक्षालाई सरल, सहज र सवल बनाउने जिम्मा लिएका क्षेत्र, निकाय र सुरषा संयन्त्र समेतको असुरषा, तस्करी, कमिशनखोरी र दोहनको शिकार कृषि र कृषक हुनु पीडाको विषय बन्न गएको छ ।

खेतिपातिको टड्कारो मौकामा समेत राज्य र प्रशासनले कृषि र किसानलाई न्यूनतम आवश्यक मल खाद्, विउ-बिजन, पानी र कीटनाशका ओषधि देशभित्रै किसानलको पाँकेट एरियामै उपलब्ध गराउनुका साटो जेनतेन भारतीय बजारबाट बाध्य भई कृषिजन्य साधन र माल सामान ल्याउँदा समेत राज्यले प्रशासन लगाई किसानलाई दुःख दिने कार्य निन्दनीय हो ।

मल खाद किसानलाइृ अभिलम्ब समयमा उपलब्ध गराई किसानमैत्री हुन राज्य, प्रशासन र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई ज्ञापन पत्र मार्फ अपिल पनि गरको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!