
सिरहा । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्रीमा उपेन्द्र यादव निर्वाचित भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा समूहवाट प्रदेश महामन्त्रीमा यादवले उम्मेदवारी दिएका थिए ।
सिरहा नगरपालिका १ घर भएका यादव यस अघि सिरहा जिल्ला सचिवको जिम्मेवारी पूरा गरेका थिए ।
काँग्रेस महामन्त्रीमा निर्वाचित यादव सिरहा नगरपालिकाका पूर्व उपमेयर समेत हुन् ।