एमालेएमाले महाधिवेशन

सिरहा । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि सिरहा जिल्लाबाट १६ जना प्रतिनिधी सर्वसम्मत छनोट गरिएको छ । अगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको लागि जिल्लाको चार निर्वाचन क्षेत्रबाट १४ र २ जना दलित प्रतिनिधी गरी १६ जना सर्वसम्मत रुपमा छनोट गरिएको नेकपा एमाले सिरहाले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्वर १ बाट ३, क्षेत्र नम्बर २ बाट ४, क्षेत्र नम्बर ३ बाट ४ र क्षेत्र नम्बर ४ वाट ३ जना प्रतिनिधी छनोट गरिएको नेकपा एमाले सिरहा जिल्ला सचिव डा नविन यादवले बताएका छन् ।

निर्वाचन क्षेत्र १ बाट राजेन्द्र चौधरी, रामशंकर यादव र सीता चौधरी, क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार यादव, रामइश्वर साह र निर्मला बाँस्तोला, क्षेत्र नम्वर ३ बाट जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला सचिव डा नविन यादव, पुष्पलाल पाख्रिन र पुर्व सभासद आशा यादव, क्षेत्र नम्बर ४ बाट रामपुकार साह, प्रदिप महासेठ र कल्याणी ढुङ्गाना सर्वसम्मत चयन भएका छन् । यस्तै समावेशी अन्तर्गत दलितबाट रामस्वरुप सदा र रामप्रित राम महादिवेशन प्रतिनिधी चयन भएको सचिव डा यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!