
सिरहा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जिल्ला अदालत सिरहाका कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एसाेसिएसनको निर्देशनअनुसार बार एसाेसिएसन सिरहाको आह्वानमा कानुन व्यवसायीहरूले आइतबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
बार एसोसिएसन सिरहाका अध्यक्ष वीरेन्द्रकुमार सिंहको अगुवाइमा जिल्ला अदालतको मूल गेटमा कानुन व्यवसायीहरूले विरोध जनाएका हुन् । विरोध प्रदर्शनका क्रममा कानुन व्यवसायी मधुसुदन यादवले अदालतमा बिचौलिया हावी भएको बताए। अधिवक्ताहरूले जिल्ला अदालतमा पनि चरम घुसखोरी मौलाएको उल्लेख गर्दै शुद्धीकरण जरुरी भएकोमा जोड दिए । जिल्ला बारले भोलि र पर्सि पनि विरोधका कार्यक्रम आयोजना गर्ने अध्यक्ष सिंहले जनकारी दिए ।