
पर्सा । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी ५ वर्षीया छोरी अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ ।
अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते सिवानीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।