सिरहा । लागूऔषध ब्राउन सुगरसहित सिरहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१७ काली चोकबाट ब्राउन सुगरसहित सिरहाको मिर्चैया नगरपालिका–५ का २६ वर्षीय मोहम्मद नियाज सेखलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा सेखको साथबाट १० ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेको सेखमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय