जनप्रतिनिधिप्रदेश २लोकतान्त्रिक समाजवादी पार्टीसनाखत

जनकपुरधाम / नयाँ दल दर्ता गराएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि आजदेखि प्रदेशस्तरीय सनाखत शुरु भएको छ । मंगलवार नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्ला स्थित निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।

पहिलो दिन लोसपाको प्रदेश २ मा स्थानीय तह जनप्रतिनिधिहरुको सनाख्त गरेका छन् । धनुषामा १ सय १२ जनप्रतिनिधि ५४ जना सनाखत गरेका छन । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था अनुरुप जनप्रतिनिधि स्वयं उपस्थित भएर सनाखत गरेका छन् । त्यस्तो महोत्तरीमा राजपाका २ सय १५ जनप्रतिनिधि रहेकोमा १ सय २ जनाले सनाख्त गरेका छन भने पर्सा र सर्लाहीमा सनाखत हुन सकेको छैन ।

धनुषाको १८ स्थानीय तह मध्ये मेयर/उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडा सदस्य १ सय ६९ र सदस्यहरु ६ सय ४३ जना गरी ८ सय ४८ जना जनप्रतिनिधि रहेको छ । जसमध्ये तात्कालिन राजपाबाट मेयर/उपमेयर २/२ जना, वडा अध्यक्ष २१ र सदस्यहरु ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेको थियो । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट जितेपनि जसपामा गइसकेको छ ।

हालको जसपा रहेको तात्कालिन समाजवादी पार्टीबाट धनुषा जिल्लामा मेयर, उपमेयर र उपाध्यक्ष गरी ३ जना, वडाध्यक्ष २३ र सदस्यहरु १ सय ८ जना गरी १ सय ३४ जना सदस्य रहेको थियो । सपा र राजपा एकीकृत भई जसपा हुँदा धनुषामा मेयर ३, उपमेयर २, अध्यक्ष/उपाध्यक्ष १/१ जना, वडा अध्यक्ष ४४ र सदस्यहरु १ सय ९५ गरी कुल २ सय ४६ जना जनप्रतिनिधि रहेको थियो ।

यही भदौ २ गते एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी भन्ने नयाँ दल दर्ता भएको थियो ।

सो दलहरुलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल सनाख्त गर्न समयावधि दिइएको छ । प्रतिनिधि सभा सदस्य र कार्यकारिणी सदस्यहरुले भदौ ९ गते निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा दल सनाखत गरेका थिए ।

त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्नेछ भने लोसपाका प्रदेश सांसदहरुले बिहीवार सनाखत गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!