जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । अन्य दलले आफ्नो सचिवालय संघीय राजधानी काठमाडौंमै राख्ने गरेका भए पनि राउतले भने पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा राखेका हुन् ।

मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष राउतले सचिवालयको उद्घाटन गरेका छन् । जनकपुरधामको भानुचोकमा रहेको सचिवालय कार्यालयको उद्घाटन गर्दै उनले अधिकार स्थापित गर्ने पहिलो खुड्किलोको रुपमा जनकपुरधाममै केन्द्रीय सचिवालय स्थापना गरिएको बताए ।

स्वराजको आन्दोलनको क्रममा ज्यान गुमाएका राममनोहर यादवको स्मरण गर्दै सचिवालय स्थापना गरिएको जनमत पार्टीले जनाएको छ । यादवलाई शहीद भन्दै अध्यक्ष राउतले उनको सपनालाई साकार पार्नका लागि संघर्षलाई जारी राख्ने बताए ।

पार्टी कार्यालय उद्घाटनपछि कार्यालय प्राङगणमा पार्टीको झण्डोत्तोलन समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय