प्रदेश २ का मन्त्री विजय यादव (बायाँ) र शैलेन्द्र साह

जनकपुरधाम । जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा शैलेन्द्र साहलाई ल्याइएको छ । साह भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् । यादव र साहको मन्त्रालय हेरफेर गरिएको छ । ‘हेरफेर गरिएका दुवै मन्त्रीले नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखि सम्हाल्दै छन्,’ प्रदेश सरकारका एक मन्त्रीले भने, ‘दुवै मन्त्रीको जिम्मेवारी हेरफेर गरिसकिएको छ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा शैलेन्द्र साहलाई ल्याइएको छ । साह भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् । यादव र साहको मन्त्रालय हेरफेर गरिएको छ । ‘हेरफेर गरिएका दुवै मन्त्रीले नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखि सम्हाल्दै छन्,’ प्रदेश सरकारका एक मन्त्रीले कान्तिपुरसँग भने, ‘दुवै मन्त्रीको जिम्मेवारी हेरफेर गरिसकिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय