ट्यांकरदुर्घटना
फाइल तस्वीर

सप्तरी । सप्तरीमा रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृतक र घाइते एउटै परिवारका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका-४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका-४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी ४० वर्षीया श्रीमती चन्द्रकाला र २३ बवर्षीय छोरा आशिष चौधरी घाईते भएका छन् । उनीहरुको लहानमा उपचार भइरहेको छ ।

ट्रक र ट्यांकर नियन्त्रणमा लिइएको तथा फरार भएका ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!