सिरहा । प्रत्येक वर्ष झैं यस वर्ष पनि रक्षाबन्धनको रौनक सिरहा सहित देशभर देखिएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज धुमधामका साथ मनाइँदैछ ।
दिदीवहिनीहरु आआफ्ना दाजुभाईलाई रक्षाको प्रतिकका रुपमा राखी बाध्ने गर्छन् । त्यससँगै जनै पूर्णिमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नु चलन पनि रहेको छ । विशेषगरी तराई मधेसका जिल्लामा रक्षा बन्धनलाई राखी बाध्ने प्रचलनका रुपमा बुझिने गर्दछ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ ।

प्रदेश १, २, ५ लगायतका तराई मधेसका जिल्लाहरु र सहरहरुमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छे अनुसारको उपहार आदानप्रदान गर्छन् । रक्षा बन्धनकै निम्ति विवाहित दिदीवहिनीहरु आफ्नो माईत पुग्ने गर्छिन् ।
यस्तै कतिपय दाजुभाईहरु टाढा रह्ने दिदीवहिनीको घरमै राखी बाँधनको निम्त पुग्ने गर्छन् । रक्षा वन्धन पर्वले गर्दा शनिवार बजारहरुमा राखी, मिठाई र फलफूल किन्नेको भीडभाड रहेको थियो । साँस्कृतिकविद्हरुले भाईवहिनी–दिदीवहिनीको रक्षा बन्धन पर्व प्रेम र सुरक्षासँग जोडिएकोले महत्वपूर्ण रहेको भनाई छ ।
सद्भावको पर्व
यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन् ।
पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ ।
नयाँ जनै फेर्ने
यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ ।

आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्व ?
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ । संस्कृतिविद्का अनुसार जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ ।
जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ । यस दिन ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ । यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ ।

क्वाँटी तथा भ्यागुताको पूजा
नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्वाँटी खाने प्रचलन छ । पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाँटी खाने गर्छन् । टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् ।
यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन् । भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो । ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्वाँटी दिएर पूजा गरिएको हो ।
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ । यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्वाँटी खाने चलन रहेको सांस्कृतिविद् टन्डनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय