सिरहा । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी सिरहामा पनि मनाएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं बार्षिकोत्सवको अवसरमा सिरहा वितरण केन्द्रले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।

३६ औं बार्षिकोत्सवको अवसरमा वितरण केन्द्रले सरसफाई लगायतका कार्यक्रमको आयोजना गरेको जनाएको छ । सिरहा वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेश प्रसाद यादवको अगुवाईमा कर्मचारी लगायतको सहभागितामा कार्यालय हाताभित्र सरसफाई गरिएको हो ।

कोरोना संक्रमणको जोखिमको बेला भएकोले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी वातावरणलाई स्वच्छ बनाउन सक्ने गरी सरसफाई गरिएको प्रमुख यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय