वीरगन्ज । साउन २७ गतेदेखि आफ्नै घरबाट हराएका एकै परिवारका ४ जना नाबालिकाहरुको प्रहरीले सकुशल उद्दार गरेको छ ।

बारास्थित देवताल गाउँपालिका –१ का बडकीफुलवरियाका नरेश साह गोठको ४ जना छोरीहरुलाई भारतको श्रीसियामा देखिएको आधारमा भारतीय प्रहरीसँगको समन्वयमा सकुशल उद्दार गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

नरेश साह गोठको ४ जना छोरीहरु १२ वर्षीया काजल कुमारी, १० वर्षीया आचल कुमारी, ८ वर्षीया अंजली कुमारी र ६ वर्षीया नेहा कुमारीको भारतबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नरेश गोठले साउन २९ गते छोरीहरु हराएको भन्दै निवेदन दिएका थिए । बालिकाहरु कसरी श्रीसिया पुगे भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय