सप्तरी । पोखरीमा बिहीबार साँझ नुहाउन गएका सप्तरीका एक युवकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका-२ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय तेजनारायण चौधरीको पोखरीमा बिहीबार साँझ नुहाउन गएका उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय