सिरहा । प्रदेश २ का प्रमुख डा. राजेश झा (अहिराज)ले संचारकर्मीको भूमिका अब लेन्सको मात्र नभएको बताएका छन् ।
सिरहामा पत्रकार र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै प्रदेश प्रमुख झाले संचारकर्मीहरुको भूमिका लेन्स नभई आईनाको रहेको बताएका छन् । उनले राष्ट्रियता, देश र जनताको सर्वोत्तम हितलाई आत्मसाथ गर्दै संचारकर्मीले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् ।
शिरमा देश र मनमा मधेसको भावना साथ काम गर्न संचारकर्मीलाई आग्रह गर्दै प्रदेश प्रमुख डा झाले प्रदेश २ मा देखिएको वेथिति हटाउन भूमिका खेल्नुपर्ने बताएका छन् । संचारकर्मीको देश दर्शन गर्न जरुरी भएको उनले सुरक्षा निकायका प्रमुखहरुलाई सूचनाहरु सार्वजनिक गर्न कुनै अप्ठ्यारो मान्न नहुने बताएका छन् ।
प्रदेश प्रमुख डा झाले सीमा सुरक्षा, चुरे दोहन, भ्रष्टाचार वढ्दो क्रममा देखिएकोले त्यस विरुद्धमा गहन रुपमा लेख्न संचारकर्मीलाई सुझाव दिएको छ । छलफलका क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले सूचनामा कठिनाई भईरहेको बताउँदै आफूले सक्दो सहयोग र समन्वय गरिरहेको बताएका छन् । स्थानीय तहहरुले सूचना पारदर्षितामा जोड दिन नसक्दा प्रश्नहरु खडा हुने गरेको भन्दै प्रजिअ कणेंलले सूचना र पारदर्षितामा स्थानीय तहहरु अगाडी आउनु पर्ने बताएका छन् । उनले बोर्डर सुरक्षामा भारतीय समकक्षीसँग राम्रो समन्वय गरिरहेकोले सिरहा जिल्लाको सीमा क्षेत्रमा खासै समस्याहरु नभएको बताएका छन् ।
ग्राभेल जन्य खानी संचालन गर्न स्थानीय तहको सिफारिसमा घरेलु तथा साना उद्योग कार्यालयले दिदै आएकोले समस्याहरु सृजना भईरहेको भन्दै प्रजिअ कणेंलले प्रदेश र संघ सरकारले यसमा विशेष भूमिका खेल्न जरुरी भएको बताएका छन् ।
छलफलमा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले बलात्कारजन्य घटनामा वृद्धि, लागुऔषध वढ्दो क्रममा रहेकोले नियमन गर्न जरुरी भएको बताएका थिए ।
स्थानीय तहहरुले करिब साढे ३ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको भन्दै अधिकांस विज्ञापनमा कर्मचारीहरुको मिलोमतोका कारणले पालिकालाई नोक्सानी भईरहेको बताएका छन् ।
यस्तै पत्रकार अर्जुन थपलियाले अनियन्त्रित खोलाको दोहन रोक्न पर्ने बताएका छन् । उनले खोला र चुरे क्षेत्रको दोहनले गर्दा पानीको स्रोत सुख्दै गएको र दक्षिणी भेग मरुभूमिकरण बन्दै गईरहेको बताएका छन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख एसपी हिराबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरी, नेपाली सेना चोहर्वाका प्रमुख, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक तुलसीराम प्रसाई लगायतले जिल्लाको शान्ति सुरक्षा, तस्करी, सीमा सुरक्षा लगायतका विषयमा आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय