सिरहा । सिरहामा कोभिड–१९ को जोखिम बढ्न थालेको भन्दै प्रहरीले ‘मास्क अभियान’ सुरु गरेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई विभिन्न सडक खण्डमा रोकेर सचेत गराउन जिल्ला प्रहरी कार्यालय सिरहाले ‘तपाईको मास्क खै’ अभियानको थालनी गरेको छ । प्रहरीले सिरहा सदरमुकाम, लहान, मिर्चैया, गोलवजार, चौहर्वा, धनगढी लगायतका मुख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियानको थालनी गरेको हो ।
मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्दै विना मास्क सिरहा जिल्ला भरि हिडडुल नगर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास बुढाथोकीले बताएका छन् ।
देशभरी चलिरहेको मास्क अभियान अन्र्तगत सिरहा जिल्लामा पनि तिव्रता दिईएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने सचेत बनाउँदै मास्क अभियान सुरु गरेको उनले बताए । सदरमुकाम सिरहा लगायत मुख्य सडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेपछि स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियानलाई जोड दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले पटक–पटक निषेधआज्ञा जारी गर्दै कोरोना भाईरसबाट जोेगिन मास्क लगाउनु पर्ने भएकोले अभियानको जिल्लामा थालनी भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले बताएका छन् । जनचेतनाको अभावले गर्दा लापरबाही भईरहेको भन्दै प्रजिअ कणेंले स्थानीय सरकारहरु पनि यसमा जुट्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!