उपेन्द्र यादवजनता समाजवादी पार्टीमधेसी दलमहन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् ।

जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको भण्डाफोर गर्ने कार्यक्रम ठाकुर–महतो पक्षको छ ।

सो पक्षले शुक्रवार एकैदिन मधेसका ४ जिल्लामा विस्तारित बैठक समेत गर्‍यो । जहाँ ठाकुर–महतो पक्षका शीर्ष नेताले सम्बोधन गरेका छन् ।

निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार सिरहा, सप्तरी, बारा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका छन् ।

सिरहामा अनिल झा, सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले विशेष सम्बोधन गरेका छन् ।

सिरहा, सप्तरी, बारा र महोत्तरीको कार्यक्रम सम्पन्न भएसँगै शीर्ष नेता मधेशका अन्य जिल्लामा विस्तारित बैठक, विशेष सम्बोधनसहित संगठन निर्माण गर्दै अघि बढ्ने कार्यक्रम रहेको झाले जानकारी दिए । जिल्ला कार्यक्रममा सम्बोधन गर्ने नेताले अध्यक्ष यादवविरुद्ध आक्रमक अभिव्यक्ति दिएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!