काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले  प्रदेश-२ को समग्र विकास र जनताको पक्षमा आफू रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा  प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतसँगको भेटमा गृहमन्त्री खाणले त्यस्तो बताएका हुन् । 

कोभिड-१९ नियन्त्रण गर्न प्रदेश- २ मा प्रयाप्त मात्रामा खोप उपलब्ध भएता पनि प्रयोग नभएको र जनतालाई खोप लगाउन उत्पेरित गर्न मुख्यमन्त्रीसँग खाणले आग्रह गरे । संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजवूत गरी देश र जनताको पक्षमा काम गर्ने मन्त्री खाणले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय