सिरहा । सिरहा नगरपालिका वडा नम्बर १७ स्थित पर्टर्वामा राम जानकी मन्दिर निमार्ण कार्यको शिलान्यास गरिएको हो । राम जानकी मन्दिरको शिलान्यास सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले गरेकाछन् । शिलान्यासपछि मेयर डा यादवले मन्दिर निर्माण भएपछि पुजा पाठमा भक्तजनलाई सहज पुग्ने बताए । उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।

May be an image of 9 people

त्यस्तै वडाका सडकहरु पनि फराकिलो र समय अनुसारको हुनुपर्ने भन्दै मेयर डा यादवले सडक क्षेत्रको विस्तारमा देखिएको अवरोधको गाँठोहरु फकाउने काम भएको र यसको सकारात्मक प्रभाव नगरको २२ वटै वडामा देखिने उनले बताएका छन् ।

उक्त कार्यक्रम सिरहा नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव लगायत वडा सदस्य, दलित सदस्य, महिला सदस्य, स्थानिय, बुद्धिजिवी, विभिन्न राजनितिकदलका प्रतिनिधीहरुको सहभागितामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!