सिरहा । सिरहाको सन्हैठामा भएको अन्तरक्रिया कार्यक्रममा अँग्रेजी माध्यमबाट पठनपाठन गराउन जोड दिईएको छ । सनराईज सामुदायिक विकास केन्द्र सन्हैठाले माध्यमिक विद्यालय सन्हैठामा आयोजना गरेको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रियामा विभिन्न निर्णय गरिएको छ ।
समयमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण, प्रत्यके तीन÷तीन महिनामा परीक्षा लिनुपर्ने, कोचिङको व्यवस्था गर्नुपर्ने, विज्ञान प्रयोगशालाको व्यवस्था गर्नुपर्ने, गरिब जेहन्दार विद्यार्थीको लागि छात्रवासको व्यवस्था, कक्षा १ मा नयाँ वर्षदेखि नयाँ सलेवश लागु गर्नुपर्ने र नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा अनिवार्य लिनुपर्ने जस्ता विषयमा निर्णय गरिएको छ ।
सन्हैठाका वुद्धिजिवि, शिक्षाप्रेमी, शिक्षक, अभिभावक लगायतको सहभागितामा विद्यालयमा व्यापक सुधार गर्न अन्तरक्रिया गर्दै निर्णयहरु गरिएको आयोजक सनराईज सामुदायिक विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय