सिरहा । नेपाली काँग्रेसकी नेतृ एवं केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवले विगतमा भएको दण्डहिनता अन्त्य गर्दै परिवर्तनको पक्षमा काम गर्न काँग्रेस एक ढिक्का हुनुपर्ने बताएकी छिन् ।

१४ औं अधिवेशन अन्र्तगत नेपाली काँग्रेस सिरहा क्षेत्र ३ को उद्घाटन गर्दै नेतृ यादवले कम्युनिष्ट पार्टीले जनतालाई खोक्रो राष्ट्रवादको नाराका वीच मत लिएर देशमा भ्रष्टाचार, दण्डहिनता र कुशासनको पद्धतिको विकास गरेको दावी गरेकी छिन् । जनमुखी तथा परिवर्तनकारी खासै काम नगरेको भन्दै नेतृ यादवले जनतामाथि भएको अन्याय, अत्याचारलाई सुशासन मार्फत जनमुखी परिवर्तन गर्न अगामी महाधिवेशनबाट काँग्रेस एक ढिक्का भएर काम गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

शासन पद्धति परिवर्तन भएर संघीय प्रणाली अनुसार तीन तहमा सरकार संचालन गर्ने अवधारणाको विकास भएपनि प्रवृतिमा सुधार नआएको जनताले महसुस गरेको नेतृ यादवको भनाई रहेको थियो । काँग्रेस वाहेक अरु कुनैपनि शक्तिले देश र जनताको विकास गर्न नसक्ने भन्दै उनले काँग्रेसको पक्षमा सबैलाई जुट्न आह्वान गरेकीछिन् ।

निवर्तमान क्षेत्रीय सभापति संजय प्रकाश यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा काँग्रेस नेताहरु डा.सुभाषचन्द्र यादव, जीवछ गुप्ता, सिरहा नगर सभापति अषिशलाल यादव तथा अर्नमा गाउँपालिकाका सभापति धर्मदेव कामती, विष्णुपुर गाउँपालिका सभापति जयनाथ महतो, गोलबजार नगरपालिका सभापति राजदेव साह लगायतले क्षेत्रीय अधिवेशन सफलता र काँग्रेसको अगामी रणनीतिबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!