प्रदेशप्रदेश नं २समाचार

धनुषामा बालिका बलात्कारको आरोपमा साधु पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

जनकपुरधाम । धनुषा प्रहरीले ३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक ७५ वर्षीय साधुलाई पक्राउ गरेको छ । प्र्रहरीका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ को इच्छापुरस्थित एक मन्दिरमा बस्दै आएका क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी साधु शिवजी रामलाई पक्राउ गरिएको हो ।

ADVERTISEMENT

बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्ती करणी गरेको पीडितको परिवारले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन ।

ADVERTISEMENT

उजुरीका आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको ईन्चार्ज सुनारले जानकारी दिए ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button