प्रदेशप्रदेश नं २समाचार

धान काट्ने सिजनभर विद्यालयमा भेटिँदैनन् छात्रा

ADVERTISEMENT
ADVERTISEMENT

सप्तरी । धान काट्ने सिजन भएकाले सप्तरीका विद्यालयमा छात्राको उपस्थिति शून्यप्रायः रहेको छ । विद्यालयमा पठन पाठन चलिरहे पनि धान काट्ने सिजन भएकाले छात्राहरू विद्यालय जान पाएका छैनन् ।

ADVERTISEMENT

स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत राजविराज नगरपालिका–२ की पार्वती रजक कत्तिक अन्तिम सातादेखि विद्यालय गएकी छैनन् । उनी अचेल ट्युसन सक्ने बित्तिकै बिहानै धान काट्न खेततिर लाग्छिन् । ८ बजे धान काट्न खेत गएपछि उनी २ बजे मात्रै घर फर्किन्छिन् ।

ADVERTISEMENT

‘कात्तिक पहिलो सातामा आएको बाढीले आधा धानबाली सखाप गर्यो । बाँकी रहेको धान झर्न थालेपछि आफुसहित बहिनी पनि धान काट्नमा व्यस्त छौं,’ उनले भनिन्, ‘पेटमा खाना भए पो पढ्न वा अन्य काम गर्न सक्छौं । भएको धान बेलैमा भित्र्याउन सके कम्ती ६ महिना त ढुक्कले खान सक्छौं । त्यसैले पढाइभन्दा धानलाई महत्त्व दिएका हौं ।’

सोही ठाउँकी कक्षा १० मै अध्ययनरत पुनिता मण्डल पनि हिजोआज धान काट्न व्यस्त छिन् । बिहानदेखि बेलुकासम्म धान काट्न भ्याइभ्याइ भएपछि उनले पढ्न लेख्न भ्याउन नसकेको दुखेसो पोखिन् । ‘आधाभन्दा बढी धानबाली बाढीले सक्यो । बाँकी रहेको धानको मात्र आशा छ। त्यो पनि बेलैमा भित्र्याइएन भने वर्षभरि भोकै बस्नुपर्ने बाध्यता हुन्छ,’ उनले भनिन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button