प्रदेश नं २समाचार
Trending

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको शनिबार विहान साढे २ बजे निधन भएको हो ।
५८ वर्षीय गुप्ताको उच्च रक्तचापका कारण मष्तिस्कघात भएर उपचारको क्रममा निधन भएको हो । उनको गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो ।

ADVERTISEMENT
नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरीका सभापति श्रवण देवले संयुक्त रुपमा पत्रकार महासंघको झन्डा ओढाएर सम्मान !

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए । उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति भएका थिए । उनको पत्नी, दुई छोरा र एक छोरी छन् । गुप्ताको शनिबार बिहान लहान स्थित खुट्टी खोलामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य दिलिप सिंह र पूर्व सिरहा जिल्ला अध्यक्ष दिनेश देवले संयुक्त रुपमा झन्डा ओढाएर सम्मान दिएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरीका सभापति श्रवण देवले संयुक्त रुपमा पत्रकार महासंघको झन्डा ओढाएर सम्मान दिएका थिए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार गुप्ताको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

ADVERTISEMENT
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन !

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button