जनकपुरधाम उपमहानगरपालिकातलबभत्ताशिक्षक आन्दोलित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बालविकास तथा विद्यालयका कर्मचारीहरुले तलबभत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलबभत्ता साउनदेखि लागु हुने गरी नै बढाइनु पर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् ।

बालविकास शिक्षक तथा कर्मचारीहरुले जनकपुरधामको जनक चोकबाट निकालेको –याली नगर परिक्रमा गर्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेको थियो । शिक्षकका प्रतिनिधिले उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित तथा सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतबाट फैसला भइसके पनि जनकपुरधाम उपमहानगरले लागू नगरेको भन्दै आन्दोलन परिचालन समितिका अध्यक्ष रामहृदय यादवले लेखापालको मासिक तलब १८ हजार ५ सय रुपैयाँ र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग गरे ।

बालविकासका शिक्षकहरू खानसम्म नपुग्ने गरी मासिक ६ हजार रुपैयाँ तलबमा चित्त बुझाउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने माग उनीहरुले अघि सारेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत ४९ वटा सामुदायिक विद्यालयमा करिब २ सय बाल विकास शिक्षक कार्यरत छन् ।

सो कार्यक्रम सरकारले आर्थिक वर्ष ०५३/०५४ मा ल्याएको थियो । यस अवधारणा अन्तर्गत विपन्न वर्गका ३ देखि ५ वर्षसम्मका बालबालिकालाई विद्यालय जान अभिप्रेरित गर्नुका साथै शिक्षामा प्रत्यक्ष आवद्ध हुन नसकेका बालबालिकालाई रेखदेख गर्ने र पाँच वर्षपछि स्कुल जान मानसिक रूपमा तयार पार्ने कामका लागि बाल विकास शिक्षकको अवधारणा आरम्भ भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!