प्रदेश नं २समाचार
Trending

लहानबाट अस्थायी चालक अनुमतिपत्र वितरण सुरु

ADVERTISEMENT
ADVERTISEMENT

अमर कुसैत/सिरहा । सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमतिपत्र वितरण शुरु गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र वितरण गरेको हो ।

ADVERTISEMENT

सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपछि सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले बताएको छ । अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सवारी साधनहरू चलाउनु पर्ने बाध्यताको अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिए ।

ADVERTISEMENT

ट्रायल परीक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरूलाई एक हप्ता भित्र क्युआर कोडसहितको अस्थायी चालक अनुमति पत्र कार्यालयले प्रदान गर्ने निमित्त प्रमुख भट्टराईले बताए । उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाडौँ, जनकपुर, महोत्तरीको बर्दिबास र सिरहाको लहानबाट मात्र अस्थायी चालक अनुमतिपत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायव सुब्बा विजय दाहालले जानकारी दिए ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button