प्रदेश नं २समाचार
Trending

पर्साको ग्रामीण भेगमा काठ तस्कर र प्रहरीबीच झडप, ३ राउण्ड हवाइ फायर

ADVERTISEMENT
ADVERTISEMENT

वीरगंज । पर्साको पटेर्वा सुगौलीमा आज बिहान काठ तस्कर र प्रहरीबीच झडप भएको छ । पटेर्वासुगौलीको फरहादवाको जङलबाट सालको गोलिया तस्करी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । तस्करहरूको समूहलाई प्रहरीले रोक्दा नमानेपछि प्रहरीले हवाईफायर गरेको थियो ।

ADVERTISEMENT

प्रहरीले ३ राउण्ड हवाइ फायर गरेपछि तस्करहरूले सालको गोलिया छाडेर भागेको पर्सा प्रहरीले जनाएको छ । तस्करहरूको समूहबाट प्रहरीले २ वटा भारतीय नम्बरको मोटरसाइकल र २ थान सालको गोलिया बरामद गरेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button