जनकपुरधामविरोध प्रदर्शन

जनकपुर । सडक मर्मतको माग गर्दै जनकपुरधामस्थित कुर्थाका स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

पैदल आवतजावत गर्न समेत समस्या भएको भन्दै युवाहरूले टायर बालेर विरोध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ परिक्रामा सडकदेखि कुर्थासम्मको बाटो जीर्ण भए पनि स्थानीय जनप्रतिनिधिले सडक मर्मत गर्न कुनै चासो नदेखाउँदा स्थानीय आजित भएका छन् ।

यस सडकखण्डमा पैदल यात्रुका साथै सवारी साधन आवतजावत गर्न समेत कठिनाइ भइरहेको उनीहरूको आरोप छ ।

वर्षातको समयमा प्रत्येक वर्ष सो सडक हिलाम्य बन्दै आए पनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको दुःखेसो छ ।

जनकपुरधाम उपमहानगरपालिका तथा सडक विभागले समेत कुनै चासो नदेखाएपछि आज आफूहरू चक्काजाम गर्न बाध्य भएको स्थानीयले बताए ।

उनीहरूले भ्रष्ट मेयर मुर्दावाद, प्रदेश सरकार मुर्दावादको नारा लगाउँदै जनप्रतिनिधिलाई गालीगलौज समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!