जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ ।

बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ मा कोठा भाडामा लिएर बस्दै आएकी २१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय संजिबले २९ कात्तिकको बिहान ८ बजेर ३० मिनेटमा कोठामै आएर एसिड प्रहार गरेका थिए । एसिडले उनको शरीरको झण्डै आधा भाग जलेको छ भने एउटा आँखाले देख्न समस्या भएको छ । संजिबले पत्नीसहित ३ बर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए ।

आर्थिक अभावकै कारण हालसम्म आफ्नो उपचार हुन नसकेको आरतीले गुनासो गर्दै आएकी थिइन् ।

आरतीमाथि एसिड फ्याँक्ने उनका श्रीमान्लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ भने बेच्ने नागेन्द्र साहलाई सफाई दिएको छ । बेच्नेलाई सफाई दिएपछि आरती जिल्ला अदालतमै गएर यसको बिरोध गर्न खोज्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!