सिरहा । भारतको दरभंगामा रहेको एक बालगृहमा सिरहाका दुई बालक रहेका छन् । दरभंगा रेल स्टेशनमा विना अभिभावक भेटिएका बालकहरुलाई उद्धार गरी बालगृहमा राखिएको छ । सिरहासँगै महोत्तरी जिल्लाका पनि एक बालक रहेका छन् ।

सिरहाको लहान नगरपालिका ५ बलुवाका १० वर्षिय महादेव पासमान र लक्ष्मीपुर पतारी गाउँपालिका ३ का १३ वर्षिय अमरलाल दास रहेका छन् । पासमान गत जेठ ३० गतेदेखि र दास गत साउन २४ गतेदेखि बालगृहमा रहेका छन् । उनीहरुल उद्धारको पखाईमा रहेका छन् । उनीहरुको परिवारजन अझैं बालगृहको सम्पर्कमा पुग्न सकेको छैन् ।

यता महोत्तरीको जलेश्वर नगरपालिका ४ सुगाका १३ वर्षिय सत्यम झा पनि बाल गृहमा रहेका छन् । झा मानव तस्करको जालमा फसेर मुम्बई जादै गर्दा दरभंगा रेल्वे स्टेशनबाट उद्धारमा परेका छन् । गत असार २८ मा झालाई रेल्वे स्टेशनबाट उद्धार गरिएको बालगृह दरभंगामा सुपरिडेन्टेन्ट दीपक कुमार सिंहले बताएका छन् ।

तीनै जना बालकालाई बालगृहमा सुरक्षित रहेको भन्दै सिंहले परिवारजनले छिट्टै सम्पर्क गरी घर लैजान आग्रह गरेका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले दरभंगामा रहेको तीनै बच्चालाई नेपाल ल्याउने आफूले पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!