प्रदेश नं. ४ गण्डकीसमाचार
Trending

कांग्रेस पार्टी कार्यालयमा मुस्लिम संघको धर्ना

ADVERTISEMENT
ADVERTISEMENT

गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाल मुस्लिम संघले नेपाली कांग्रेसको सदरमुकामस्थित तिनधारेको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

ADVERTISEMENT

प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि तथा सबै तहमा प्रतिनिधिको सुनिश्चितताको माग गर्दै शुक्रबार बिहान १० बजेबाट दुई घण्टा संघले पार्टी कार्यालयमा धर्ना दिएको हो ।

ADVERTISEMENT

सबै जाति, क्षेत्र, पिछडिएको वर्ग, लिंग, अल्पसंख्यकहरुको प्रतिनिधि गर्ने विधान हुँदाहुँदै पनि निर्देशिका निर्माण गर्दा जनसंख्यालाई अधार बनाए मुस्लिम लगायत पिछडिएको वर्गको १४ औं महाधिवेशनको आन्तरिक निर्वाचनमा प्रतिनिधित्व कटौती गर्ने काम भएको नेपाल मुस्लिम संघ राष्ट्रिय कार्यसमितिका सचिव रहमतुल्ला मियाँले बताए ।

‘कांग्रेस समावेशी लोकतान्त्रिक पार्टी हो, कानुनी र व्यवहारिक रुपमा संघीयता, लोकतन्त्र, समावेशीप्रति प्रतिबद्ध रहेको नेपालको संविधान र त्यो अनुसार बनेको पार्टीको विधानमा सबै जाति, क्षेत्र, पिछडिएका वर्ग, अल्पसंख्यहरुको प्रतिनिधि गर्ने विधान हुँदा  हुँदै पनि विधानको निर्देशिका निर्माण गर्दा जनसंख्यालाई आधार बनाइयो,’ उनले भने,‘१४ औं महाधिवेश भइरहेको सन्दर्भमा यस्तो निर्देशिकाले सबै तह, प्रदेशसभामा प्रतिनिधित्वबाट बञ्चित भएको छ ।’

सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै दबाब स्वरुप धर्ना बसेको उनले बताए । मुस्लिम संघको मागप्रति समर्थन रहेको नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । ‘उहाँहरुले उठाएको मागबारे कांग्रेसको केन्द्रीय कार्यालयमा जानकारी गराउँछौं,’ उनले भने,‘सबै समुदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो पनि माग हो ।’

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button