प्रदेश नं. ४ गण्डकीसुरक्षा/अपराध
Trending

भूकम्पको ६ वर्षपछि कालिका मन्दिर मर्मत सुरु

ADVERTISEMENT
ADVERTISEMENT

गोरखा  । भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबारसँगै रहेको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर ६ वर्षपछि मर्मत सुरु भएको छ । तत्कालीन शाहवंशीय राजाले कुलदेवताका रूपमा पुज्दै आएको डाँडामा रहेको मन्दिरलाई भूकम्पले क्षति पुर्‍याएको थियो ।

ADVERTISEMENT

झन्डै चार सय वर्ष पुरानो ऐतिहासिक मन्दिर २०७२ वैशाख १२ को भूकम्पको धक्काले जीर्ण बनेको थियो । प्राविधिक र विज्ञ टोलीको रायसुझावका आधारमा रेक्ट्रोफिटिङ (मर्मत) थालिएको हो । कालीका मन्दिरसँगैको गोरखा दरबार भने पुनर्निर्माण भएको छ । मर्मतबाट मन्दिर बलियो र सबल बनाउन सक्ने अध्ययन टोलीको निष्कर्षपछि कालीकाको रेक्ट्रेफिटिङ थालिएको हो ।

ADVERTISEMENT

सबैभन्दा बढी मन्दिरको माथिल्लो तलाका गारोमा चिरा परेको कालीका मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईले बताए । ‘छानाको ठूलो समस्या छ । धेरैजसो झिँगटी खसेका छन्,’ उनले भने, ‘गारो पनि फाटेका छन्, मर्मत गर्नैपर्ने थियो ।’ मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको छ । झिँगटीका छाना खसेर पानी चुहिने समस्या छ । पुरातात्त्विक सम्पदामा जस्ताको छाना हाल्न नमिल्ने भए पनि पानी छिर्नबाट बचाउन ४ वर्षदेखि जस्ताले ढाकिएको थियो ।

विज्ञसहितको अध्ययन टोलीको रायसुझावका आधारमा प्रबलीकरण र सबलीकरण (रेक्ट्रोफिटिङ) थालिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । कालीका मन्दिरसँगै रंगहमलको पनि प्रबलीकरणका लागि कार्यादेश आएको उनले जानकारी दिए । ‘मन्दिर नभत्काई बिग्रिएको भागको संरक्षण हुने गरी प्रबलीकरण हुन्छ,’ उनले भने, ‘भूकम्पपछि चारपटक पुरातत्त्व विभागको विज्ञ र प्राविधिक अध्ययन टोली आएर निरीक्षणपछि प्रतिवेदन बनेको छ, प्रतिवेदनको रायअनुसार मन्दिर मर्मत सुरु भएको हो ।’

१ करोड ९५ लाख ६५ हजार दुई सय ९७ रुपैयाँ लागतमा मन्दिर रेक्ट्रोफिटिङको जिम्मा धर्म एस/आरआर जेभीले पाएको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । ‘म्याद आउँदो असारसम्म छ, काम सुरु भइसक्यो,’ उनले भने ।

गोरखा दरबार पुनर्निर्माणले पूर्णता नपाउँदा मन्दिर मर्मत अलमल परेको थियो । मन्दिरका लागि बजेट छुट्याइए पनि यसअघिका वर्षमा फिर्ता हुँदै आएको थियो । गोरखा दरबार पुनर्निर्माणको काम ८५ प्रतिशत सकिएको भुसालले जानकारी दिए । कालीका र गोरखा दरबार एकै समयमा बनेको अनुमान छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button