सिरहा । साना किसान कृषि सहकारी संस्था लिमिटेड हनुमाननगर प्रम सिरहाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सिरहाको भलुवाहीमा आयोजित संस्थाको १०औं साधारण सभाको सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले उद्घाटन गरेका थिए । १०औं साधारण सभामा वार्षिक कार्य प्रगति संस्थाका संचालक समितिका अध्यक्ष विनोद कामतीले प्रस्तुत गरेका थिए । यस्तै लेखा परीक्षण प्रतिवेदन संस्थाका प्रबन्धक धर्मा महराले प्रस्तुत गरेका थिए । आन्तरीक लेखा तथा सुपरिवेक्षण प्रतिवेदन लेखा संयोजक राम एकवाल कामतीले प्रस्तुत गरेका थिए ।

१०औं साधारण सभाको अवसरमा संस्थाले असल ऋणीहरुलाई पनि सम्मान र पुरस्कृत गरेको छ । विभिन्न समूहमा रहेका असल ऋणीहरु जिवछी कामती, आशा कामती, शान्ति कामतीलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
गत आर्थिक वर्षसम्म १२३ समूह रहेको संस्थाले चालू आर्थिक वर्षमा १२७ समूह निर्माण गरेको छ । यससँगै सदस्य संख्या पनि थपिएको छ । ६ सय २ सदस्यवाट वृद्धि भएर ६ सय ७४ सदस्य पुगेको संस्थाका अध्यक्ष कामतीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै २९ लाख २८ हजार शेयरमा वृद्धि भएर अहिले ३१ लाख २७ हजार शेयर पुगेको संस्थाले जनाएको छ । गत आर्थिक वर्षसम्म १ करोड ३९ लाख ११ हजार बचत गरेको संस्थाले चालू आर्थिक १ करोड ६१ लाख ८ हजार वचत भएको जनाएको छ । गत आर्थिक वर्षसम्म १ करोड ५६ लाख ९३ हजार ऋण लगानी गरेको संस्थाले चालू आर्थिक वर्षमा १ करोड ७५ लाख ५९ हजार ऋण लगानी भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाले गत आर्थिक वर्षसम्म असुली नाफा ५ लाख ३३ हजार कमाएकोमा यस वर्षमा घटेर ५ लाख २५ हजार मात्र कमाएको जनाएको छ । यस वर्ष संस्थाको बैंक ऋण नभएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!