#सिरहागोलबजार नगरपालिकाछुरा प्रहारछुरा प्रहार घटना

सिरहा । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया छुरा प्रहारबाट हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

शनिवार बेलुका गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २२ वर्षिय भुवन प्रसाद महतो, १९ वर्षिय श्रवण कुमार मण्डल, २० वर्षिय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षिय सौकात खान र १९ वर्षिय धर्मेन्द्र यादवलाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये २ जना गोलबजार र ३ जनालाई धनगढीमाई नपा जयपुरमा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

पक्राउ परेकाहरुलाई आजै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भई रहेका छ । छुरा प्रहारबाट १९ वर्षिय निकेश घाइते भएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!