प्रदेश २प्रदेश सभा बैठकलोकतान्त्रिक समाजवादी पार्टी
फाइल तस्वीर

प्रदेश २ काे प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुईवटा अध्यादेश प्रदेश सभामा पेस गर्न लाग्दा लोसपाका प्रमुख सचेतक परमेश्वर साहले विरोध जनाएका हुन् ।

सभामुख सरोज यादवले सामाजिक विकास मन्त्री साहलाई प्रदेश सभामा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्व विद्यालय अध्यादेश, २०७८ पेस गर्न अनुमति दिँदा प्रमुख सचेतक साहले विरोध जनाए ।

साहले अध्यादेश मार्फत सरकार चल्न नसक्ने र यो अध्यादेश प्रदेश सभालाई छलेर अधिवेशन अन्त्य गरी ल्याइएकोले गैरसंवैधानिक रहेको आरोप समेत लगाए ।

साहको विरोधपश्चात लोसपाका सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए ।

विरोधपश्चात् सभामुख यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!