कोसीबाढीराजमार्ग
तस्बिर : फेसबुकबाट ।

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक भत्काएको छ।

सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार बाढीले साँगुरीगढी गाउँपालिका–६ फेदीमा करिब ५० मिटर सडक बगाएको हाे।

मंगलबर अपराह्न ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई बाढी कोसी राजमार्गमा पसेको हो। अहिले यातायात पूरै अवरुद्ध भएको छ।

धरानबाट गएका तथा धनकुटाबाट आएका सयौं गाडी बीच बाटोमै रोकिएका छन्। सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभाबाट तराई झर्ने तथा तराईबाट धनकुटासहित तेह्रथुम भोजपुर तथा संखुवासभा जाने सवारीसाधान बाटैमा रोकिँदा सयौं यात्रु अलपत्र परेका छन्।

पानीको बहाव बढेका कारण सडक अझैं क्षति हुने सम्भावना रहेको राईले बताएकी छन् । तत्काल कुनै वैकल्पिक बटो बनाउने अवस्था पनि छैन ।

बाढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती भने छैन। बाटो बगाएदेखि ३ मिटर वर फेदी खोलामा पुल छ। त्यहाँ केही होटल र घर छन्।

यस्तै हिले भोजपुर सडक पनि बन्द भएको छ। हिले भोजपुर सडकखण्डअन्तर्गत पाख्रिवास नगरपालिका–६, डिकुरेमा सडकमा ढुंगासहितको लेदो निरन्तर बगिरहेको छ।

बाटो खुलाउन प्रहरी डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नहकुल पोख्रलले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!