सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लोकमार्ग अवरुद्ध गर्ने क्रममा सिरहामा तेल ट्याङ्करमा तोडफोड गरेका छन् ।

नरहा गाउँपालिका-३ नयाँ चोहर्वामा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा फुटेकाे छ । मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल ट्याङ्करमा जनमतका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट एक प्रहरी हवल्दार पनि  घाइते भएका छन् । पर्साको पोखरीया नगरपालिका-२ लम्हरीयाका प्रहरी हवल्दार लालबाबु अंसारी घाइते भएका हुन् । ​अंसारीको दाँहिने खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

ढुंगा प्रहार गर्ने जनमतका १३ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका  प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले बताए । सो पार्टीले पछिल्लो समय तराइका जिल्लामा किसान आन्दोलनमा नाममा निरन्तर प्रदर्शन गर्दै आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!