सिरहा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको सक्ताको उन्माद चक्नाचूर भएको बताएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकामा आयोजित आम सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारणले एमालेको सक्ताको नेतृत्व गुमेको बताएका छन् । संघदेखि प्रदेशमा रहेका एमालेका सरकार ढलिसेकेको भन्दै उनले एमाले अहिले प्रतिपक्षमा बस्नु पर्ने अवस्थाको सृजना ओलीको कारणले भएको बताए ।
उनले मधेसवादी दलपनि मधेसको नाउँमा जनता ठग्न मात्र जानेको दावी गरेका छन् । काँग्रेस मधेसमा जन्मेको हुर्केको पार्टी भएको भन्दै वरिष्ठ नेता पौडेलले मधेसी पार्टी आफ्नैमा टुक्रा–टुक्रा भएको बताएका छन् । मन्त्रीमुखी चरित्र मधेसवादी दलका नेताहरुले देखाएको भन्दै वरिष्ठ नेता पौडेलले त्यसले मधेश हित नहुने दावी गरेका छन् ।
नेपाली काँग्रेस पार्टीमा करेक्शन गर्न जरुरी भएको भन्दै उनले नेतृत्वले गरेको लापरबाहीको कारणले पार्टीभित्र वेतिथि भित्रिएको बताएका छन् । पार्टी नेतृत्व आफूलाई सुधार गर्नुपर्ने भन्दै उनले कांग्रेसलाई भ्रष्टाचार मुक्त गर्न १४ महाधिवेशनको असवरलाई उपयोग गर्नु पर्ने नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली काग्रेस भित्रको विकृतिको अन्त गरि समग्र रुपान्तरण हुनुपर्ने भन्दै पार्टी सुधारको पक्षमा आफ्नो मत दिनुपर्नेमा उनले जोड दिएका छन् । न्याय, निष्पक्षता र पारदर्शिता लाई पार्टीले मूल्यांकन गरी मजबुत बन्नु पर्ने खाँचो रहेको बताए । ‘नातावाद, पक्षपात र भ्रष्टाचारको विरोधमा नेपाली काँग्रेस उभिनु पर्छ,’ वरिष्ठ नेता पौडेलले थपे ।
मधेसमा पूर्वाधार विकासमा नेपाली काँग्रेसले भूमिका खेलेको भन्दै वरिष्ठ नेता पौडेलले अगामी दिनमा पनि नेपाली काँग्रेसले नै मधेसको विकासलाई अगाडी बढाउने योजना ल्याउने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष सितादेवी यादव, पुर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व साँसद अमिय कुमार यादव, मो मुक्क्तार अहमद, प्रदेश साँसद नरेश कुमार यादव लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!