एकदिवसीय विश्वकममा १४ र टी–ट्वान्टीमा २० टिमले खेल्ने पाउने

एकदिवसीय विश्वकममा १४ र टी–ट्वान्टीमा २० टिमले खेल्ने पाउने

अपन दैनिक
जेठ १८, २०७८ मा प्रकाशित
३१४ पटक पढिएको
एकदिवसीय विश्वकममा १४ र टी–ट्वान्टीमा २० टिमले खेल्ने पाउने

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिम र टी–ट्वान्टी २० टिमले सहभागिता जनाउने भएका छन् । 
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको हो ।

आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए । त्यस्तै टी–ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाइएको छ ।

यसअघि टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।  आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

त्यस्तै सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेकाे छ ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित