जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

अपन दैनिक
फाल्गुन २४, २०७७ मा प्रकाशित
२४४ पटक पढिएको
जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बसेको छैन । पार्टी एकतापछि पहिलोपटक संसदीय दलको बैठक बस्ने तय भएकोअरगरियाले जानकारी दिए ।

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्नुअघि सोमबार पूर्व समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने नेता अरगरियाले बताए ।

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था छ ।

जसपाको संसदीय बैठकमा यो विषय र संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा पनि छलफल हुने एक नेताले बताए ।

छापा संस्करण

२०७८ जेष्ठ ४ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित