निःशुल्क तथा सहज सञ्चारको लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरद्वारा ह्वाट्सएपको पछिल्लो गोपनीयता नीति अद्यावधिकप्रति असहमति प्रकट गरेको छ ।
विगतमा ह्वाट्सएप प्रयोगकर्ताहरुले फेसबुकसँग आफ्नो नम्बर साझा गर्ने नगर्ने भन्ने निर्णय उनीहरुको इच्छामा निर्भर रहने गरेको थियो भने अब गरिएको परिवर्तनले यसलाई अनिवार्य बनाउने भएको छ । प्रयोगकर्ताले ३० दिनभित्रमा यी नयाँ शर्तहरुमा अनिवार्य सहमति जनाउनु पर्नेछ, अन्यथा उनीहरुले आफ्नो एकाउण्ट प्रयोग गर्न नमिल्ने भएको छ ।
यो नीतिका बारेमा अन्यौलग्रस्त भइरहेका ह्वाट्सएप प्रयोगकर्ताहरुले यस बारेमा सजिलोसँग बुझ्न फोब्र्सको लागि पार्मी ओल्सेनले सन् २०१८ मा ह्वाट्सएपका सह–संस्थापक ब्रायन एक्टनसँग गरिएको अन्तर्वार्ता हेर्न अनुरोध गरिएको छ ।
अन्तर्वार्तामा उसको बहिर्गमन र उसले गरेको ट्वीटको पछाडी रहेको कारणका बारेमा छलफल गरिएको छ, जसमा ब्रायनले मानिसहरुलाई उनीहरुको फेसबुक एकाउण्ट हटाउन सल्लाह दिँदै भनेका छन्, ‘मैले मेरा प्रयोगकर्ताहरुको गोपनीयता ठूलो लाभको लागि बेचें । मैले एउटा छनौट र सम्झौता गरेँ र म हरेकदिन त्यसैसँग बाँचेको छु ।’
यसको पछिल्लो अद्यावधिकसँगै, ह्वाट्सएपले फेसबुकमा आफूलाई समाहित गराउने प्रक्रिया पूरा गरेको छ । फेसबुक र ह्वाट्सएप एक भएसँगै मेसेजिङ्ग एपका प्रयोगकर्ताहरु पहिले भन्दा बृहत्तर रुपमा मौद्रिकरण हुने भएका छन्, र यो निजी मेसेजिङ्ग खोज्ने उनीहरुका लागि चिन्ताको विषय हुनुपर्छ ।
२०२१ जनवरी ४ सम्म ह्वाट्सएपको सम्झौताका शर्तहरुमा ‘हाम्रो डिएनएमा तपाईंको गोपनीयताको लागि सम्मान कोड गरिएको छ । हामीले ह्वाट्सएप प्रारम्भ गरेदेखि नै मजबुत गोपनीयता सिद्धान्तहरुको स्थापनाका साथ हाम्रा सेवाहरु निर्माणमा अभिप्रेरित भै त्यसैमा केन्द्रित रहेका छौं’ र ‘यद्यपि, तपाईंको ह्वाट्सएप सन्देशहरु अरुहरुलाई हेर्नका लागि फेसबुकमा साझा गरिने छैनन् । सही अर्थमा, फेसबुकले हाम्रा सेवाहरु उपलब्ध गराउने र संचालन गर्ने कार्यमा हामीलाई सहयोग गर्नेभन्दा बाहेक तपाईंको ह्वाट्सएप सन्देशहरु अन्य कुनै पनि उद्देश्यका लागि प्रयोग गरिने छैन’ भन्ने उल्लेख थियो ।
अब अचम्मित तुल्याउँदै यी २ प्रावधानहरु हटाइएका छन् ।
डाटा गोपनीयताको हकमा ह्वाट्सएपले लिएको यो ढुलमुले प्रावधानसँग पूर्णतः असहमत हुँदै भाइबरले प्रयोगकर्ताको डाटा सुरक्षित एवं संरक्षित भएको सुनिश्चित गर्न प्रमुख विशेषताहरु कार्यान्वयन गर्दै, उदाहरण दिएर नेतृत्व लिएको छ ।
पूर्व निर्धारित एण्ड टु एण्ड इन्क्रिप्सनः निःशुल्क निजी कलहरु र च्याटहरुका लागि पूर्व निर्धारित एण्ड टु एण्ड इन्क्रिप्सन गरिएको छ, यसको लागि कुनै प्रकारको विशेष प्रक्रिया आवश्यक पर्दैन । यो स्पष्ट र सरल छः सहभागीहरुदेखि बाहेक अरु कसैले पनि तपाईंको कलहरु र च्याटहरुसम्म पहुँच हुँदैन, भाइबरको पनि ।
पठाइएका सन्देशहरु भाइबरद्वारा भण्डारण गरिदैन र र क्लाउड ब्याकअप पूर्व निर्धारितद्वारा बन्द छः प्रयोगकर्ताहरुले यदि आफ्नो च्याटहरुको जगेडा राख्न चाहेमा उनीहरुले क्लाउड ब्याकअप सुचारु गराउन रोज्न सक्नेछन्, तर भाइबरले प्रयोगकर्ताहरुको सन्देशहरु र कलहरुको कुनै पनि प्रति आफूसँग राख्दैन ।
स्क्रिन गोपनीयताः भाइबरले टप–नोच स्क्रिन गोपनीयता प्रदान गरेर प्रयोगकर्ताहरुलाई च्याटकै क्रममा सन्देशहरु स्वतः नाश गर्न अनुमति दिन्छ र सम्पूर्ण च्याटहरु लुकाउन तथा पिन कोड प्रयोग गरेर मात्र देखिने बनाउन सकिन्छ ।
प्रयोगकर्ताको डाटा फेसबुकसँग साझा गरिँदैनः भाइबरले फेसबुकसँगको सबै कारोबारहरु बन्द गरेको छ । समष्टिमा फेसबुकसँग प्रयोगकर्ताको कुनै पनि जानकारी (प्रयोगकर्ताको फोन नम्बर र व्यक्तिगत डाटाहरु) साझा गरिएको छैन, र भविष्यमा पनि गरिँदैन ।
‘हालै ह्वाट्सएपको गोपनीयता नीतिमा गरिएको निन्दनीय अद्यावधिकले गोपनीयता सम्बन्धी शर्तलाई हाँसोको प्रतीक बनाइदिएको छ । अद्यावधिकबाट ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयतालाई कसरी अवमुल्यन गरेको रहेछ भनेर प्रमाणित गरिदिएको मात्र छैन यसले प्रयोगकर्ताहरुको अभिलेखको अनादर गर्नमा नयाँ रेकर्ड बनाएको पनि देखिन्छ, र भविष्यमा पनि यस्तै प्रक्रिया नदोहोरिएला भन्न सकिंदैन ।
‘आज, म भाइबरको गोपनीयता नीतिमा पहिलेभन्दा अझ बढी गर्व गर्छु, र म सम्पूर्ण जनहरुलाई जसले आफूहरुलाई बिक्ने डाटामात्र होइन भनठान्नु हुन्छ, वहाँहरुलाई सन्देश र कल गर्न अब भाइबरमा आउन आव्हान गर्दछु ।’ राकुटेन भाइबरका प्रमुख कार्यकारी अधिकृत जमेंल अगाउवाले भनेका छन् ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित