अनुसन्धान ब्युरो गठनको प्रसंग (सम्पादकीय)

अनुसन्धान ब्युरो गठनको प्रसंग (सम्पादकीय)

अपन दैनिक
असोज २९, २०७७ मा प्रकाशित
८० पटक पढिएको
अनुसन्धान ब्युरो गठनको प्रसंग (सम्पादकीय)

प्रदेश २ सरकारले प्रदेशको शान्तिसुरक्षा कायम गर्न तथा सूचना संकलन गर्न आफ्नै अनुसन्धान ब्युरो गठन गर्न तयारी गरेको छ । लामो समयदेखि प्रदेश सभाको संसदीय समितिमा अड्केको प्रदेश अनुसन्धान ब्युरो गठनसम्बन्धी विधेयक सभाबाट संशोधनसहित पारित भएसँगै ब्युरो गठनको बाटो खुलेको हो । 
प्रदेशभित्र शान्तिसुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित तथा विकास, औद्योगीकरण, व्यापार–व्यवसाय प्रवद्र्धन गर्न तथा आवश्यक सूचना संकलन गर्ने उद्देश्यले ब्युरो गठन गरिनेछ । 
प्रदेशको शान्तिसुरक्षा प्रदेश सरकारको एकल अधिकार सूचीमा रहे पनि प्रदेश ब्युरोले संकलन गर्ने सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था ऐनमा गरिएको छ । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहने ब्युरोलाई प्रदेश सरकारले कुनै खास विषयमा अनुसन्धानको जिम्मेवारी दिएमा त्यसको अनुसन्धान गरी प्रतिवेदन सरकारलाई बुझाउने वा प्रदेश सरकारले तोकिएको अन्य काम गरिने विधेयकमा जनाएको छ ।
प्रदेश २ ले अनुसंधान ब्यूरो गठन गर्दा प्रदेशको वृहत्तर हितलाई ध्यानमा राख्नु जरुरी छ । भारतसँग सिमा जोडिएको आठ वटै जिल्ला प्रदेश २ मा छ । खुला सिमाको फाईदा बेलाबेलामा नक्कली भारतीय नोटका कारोबार गर्नेदेखि लागुऔषधका कारोबारीहरु लिदै आएका छन् । यस अर्थमा पनि ब्यूरोको अनुसंधानको विषय यतातर्फ पनि रह्न सक्छ । प्रदेश २ को अनुसंधान ब्यूरोले गर्ने कामले अगामी दिनमा त्यसको प्रभावकारीता दर्शाउने छ । अहिलेलाई यो ब्यूरो गठनको बाटो खोल्नु एउटा सुखद पक्ष रहेको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित